×

वीरगञ्ज ८ श्रावन । पर्सामा थप ३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालको पीसीआर परीक्षण ल्याबमा विभिन्न व्यक्तिहरूको बिहीबार स्वाब परीक्षण गर्दा थप ३० व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

सङ्क्रमितहरु मध्ये ५ जिल्ला प्रहरी कार्यालय पर्साको थुनामा रहेका थुनुवा रहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

पर्साका साहायक प्रमूख जिल्ला अधिकारी ललित बस्नेत अनुसार २५ अन्य सङ्क्रमित मध्ये केही सङ्क्रमित पर्सा जिल्लाकै रहेको र अन्य यसै जिल्लामा विभिन्न पेशामा कार्यरत व्यक्ति रहेका छन् । उनीहरूको बारेमा विस्तृत विवरण अहिले आउँन सकेको छैन् ।

आज थपिएका सङ्क्रमित मध्ये केहीमा कोरोनाको लक्षण समेत देखिएको सहायक प्रजिअ बस्नेतले बताए ।

उनले पर्सा जिल्ला कोरोनाको उच्च जोखिम रहेकोले सबैलाई सतर्कता अपनाउँन आग्रह समेत गरेका छन् ।

बस्नेतले अब कडा रूपमा निषेधाज्ञा घाेषणा गरी तत्काल क्वारेन्टाइन बाहिर पनि समुदायमा मास परीक्षण गर्न अति जरूरी देखिएको बताएका छन् ।

Back to top