वीरगञ्ज ८ श्रावन । वीरगञ्जमा मृत्यु भएपछी एक पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास-प्रस्वासको समस्याले ग्रस्तित अन्दाजी ७० वर्षीय पुरुषको मृत्यु भएपछी कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
वीरगञ्ज महानगरपालिका वडा नं. ६ माइस्थान घर भएका पुरुषमा मृत्युपछी कोरोना सङ्क्रमण पुष्टि भएको गण्डक अस्थायी कोभिड अस्पताल वीरगञ्जका संयोजक डा. उदय नारायण सिंहले पुष्टि गरे ।
स्वास-प्रस्वासमा समस्या आउँदा वीरगञ्जको एक निजि अस्त्पालमा भर्ना भएका वृद्धमा कोरोनाको लक्षण देखिएपछी मङ्गलबार उनलाई गण्डक अस्थायी कोभिड अस्पतालमा सिफ्ट गरिएको थियो । मङ्गलबार नै उपचारको क्रममा वृद्धको मृत्यु भएपछी उनको स्वाब सङ्कलनगरी पिसीआर परिक्षणको लागि नारायणी अस्पताल पठाईएको थियो । बुधबार स्वाब परिक्षण गर्दा उक्त वृद्धमा कोरोना पोजेटिभ देखिएको हो ।
यता, नारायणी अस्पतालमा भएको पछिल्लो पिसिआर परिक्षणमा वृद्धसहित थप १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
ल्याब प्रमुख डा. निरा पाठकका अनुसार श्रावन ७ गते १ सय २८ जनाको स्वाब परिक्षण गर्दा ४ महिलासहित १७ जनामा सङ्क्रमण पुष्टि भएको हो । उनले सङ्क्रमित मध्ये नारायणी अस्त्पालमै कार्यरत एक ४० वर्षीय डाक्टर र निजी अस्पतालमा कार्यरत ६२ वर्षीय अर्का एक डाक्टर रहेको बताइन ।
हाल गण्डक अस्थायी कोभिड अस्पतालमा ६ महिला र २३ पुरुष गरी कुल २९ जना सङ्क्रमितको उपचाररत चलिरहेको डा. सिंहले बताए, उनले यो सङ्ख्या बढ्दा उपचारमा समस्या समेत आउँन सक्ने चिन्ता व्यक्त गरे ।
गण्डकका २९ जना संक्रमति मध्ये २४ जनामा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकोले स्थिति भयावय हुनसक्ने डा. सिंहले बताए । उनले अहिलेको अवस्थामा सतर्कता अपाउँन एकदमै महत्पूर्ण रहेको बताउँदै सबैलाई सावधान रहन समेत आग्रह गरे । २९ जनामध्ये १ जना आइसीयूमा उपचारत रहेकोमा उनको अवस्था हाल समान्य रहेको उनले भने ।