×

वीरगञ्ज ३ श्रावण । बेला बखत निकै चर्चामा आउने गरेका पर्सा मालपोत फेरि फर्जी काण्डमा मुछिएको छ ।

बीरगंज मालपोत कार्यालयले नक्कली कागजातको आधारमा मर्कन्टायलको कार्यालय रहेको होटेल मकालुको पार्किङ भन्दा दक्षीणमा रहेको ५० करोड मूल्य बराबरको जमिन गुपचुप रुपमा नामसारी पास गरिदिएको छ ।

काठमाडौं महानगरपालिका–१ बस्ने गोपाल राजभण्डारीकी पत्नी कमला राजभण्डारीको नाममा वीरगंज महानगरपालिका–वडा नं ५ को कित्ता नम्बर ७१ को ३२५ वर्गमिटर, कित्ता नं ३ को १२७३ -८ वर्गमिटर, कित्ता नं १८६ को १०३ -४ वर्गमिटर र कित्ता नं १४३ को ८६ -१० वर्गमिटर जग्गा २०७६ फाल्गुण १२ गते मालपोत कार्यालय पर्साले मुकेश राजभण्डारीको नाममा रजिष्ट्रशन पास गरेको हो । गोपाल राजभण्डारी र श्रीमती कमलाराजभण्डारी तीन सन्तान ।

नक्कली कागजात बनाउने गिरोहले गोपाल राजभण्डारी र श्रीमती कमलाराजभण्डारीका जेष्ठ सुपुत्र मुकेशराज भण्डारीको नाममा नामसारी माँग गर्दै मालपोत कार्यालयमा ०७६ माघ २९ गते नामसारीको लागि निवेदन दिए । मुकेश राजभण्डारी जेठो नेपालमा रहेको देखाइएको छ ।

अन्य दुई भाई राकेश राजभण्डारी, रूपेश राजभण्डारी अष्ट्रेलिया रहेको देखाइएको छ । अष्ट्रलियमा रहेका दुई भाइले त्यही बाट दाजु मुकेशराज भण्डारीको नाममा जग्गा नामसारीको मन्जुरीनामा त्याहा रहेको दुतावास मार्फत पठाएको देखिन्छ ।

गोपालराज भण्डारी र कमला राजभण्डारीको मृत्यु दर्ता प्रमाण पत्र , तीन दाजुभाईको नागरिकता, ललितपुर महानगरपालिकाको वडा नं ३ ले दिएको सिफारिश पत्र,नाता प्रमाणीतको कागज , अष्ट्रेलियामा रहेको नेपाली दुतावासले लेखेको पत्र सबै नक्कली हुंदाहुँदै पनि मालपोत कार्यालय पर्सामाले पैसा लिएर सक्कली बनाइ जग्गा नामसारी गरेको हो ।

जबकी उनीहरु काठमाण्डौं महानगरपालिकाको स्थायी बासिन्दा भएपनि सबै सिफारिस भने ललितपुर नगरपालिकाले गर्नु र त्यसैलाई पर्सा मालले आधार मान्नुलाई यसमा ठूलै चलखेल भएको बताइन्छ ।

यही नक्कली कागजको आधारमा मालपोत कार्यालयले जग्गा नामसारी गरिदियो । मुकेशराज भण्डारीको नाममा जग्गा नामसारी गरिएको छ । तर ति ब्यक्ति को हुन भन्ने कुरा खुलेको छैन । उता मुकेश राजभण्डारी नै नक्कली भएको यथेष्ठ प्रमाण हुँदाहँुदै पनि पर्सा मालले नामसारीको लागि सबै चांजोपाँजो मिलाउनुमा ठुलै नजरानाको द्रब्यमोचन भएको स्पष्ट भएको हो ।

मुकेश राजभण्डारीले जग्गा बिक्रीकालागि बीरगंजका गिरधारी अग्रवालसंग ५० लाख बैना रकम लिएको देखिन्छ । तर बैना अनुसारको जग्गा पास नगरिदिएपछि अग्रवालले मुकेश राजभण्डारीको खोजी गर्दा उनी फेला परेनन । अग्रवालले जग्गाधनी बिरुद्ध पर्सा जिल्ला अदालतमा मुद्धा दायर गरेका छन ।

पर्सा जिल्ला अदालतले एक कित्ता जमिन रोक्का समेत राख्ने आदेश दिएको छ । मालपोत कार्यालय पर्साले सबै कागजात नक्कली, अष्ट्रलियाली राजदूतबासको सिफारिस पनि नक्कली र जग्गा माफियाहरुले कराडौंको प्रलोभन माललाई दिनु र रकमी चलखेलमा परेर सुटुक्क नामसारी समेत गर्नुको पछाडि डेड करोडको मुद्रा मोचनमा पर्सा माल फसेको बताइन्छ।

यसपछि पनि बदमासी गर्ने कर्मचारीलाई सामान्य सोधपुुछ पनी नगर्नु, स्थानीय प्रशासनले समेत कुनै खोजिनीति नगर्नु र दा्ेषी मानिएका जग्गाका कारोबारीलाई पक्राउन नगर्नुले भागशान्ति जय नेपालको चास्नीमा सबै फसेको अनुमान यतिबेला लगाउन थालिएको छ ।

यसबारेमा प्रमुख मालपोत अधिकृत संग बुझ्दा आफु आउनुभन्दा पहिला नै नामसारी भएकोले अव यसबारेमा बुझ्ने प्रयास भैरहेको प्रतिक्रिया दिए । यो प्रकरणमा राजनीतिक क्षेत्रमा आफ्नो निकै दवदवा भएको ठानिने केही हस्तीहरुको समेत संलग्नता रहेको बताइन्छ ।

उक्त जग्गा दलालहरुले ३० करोडबाट बार्गेनिङ्ग गरि २१ करोडमा गिरधारी लाल बंसलले बैना गरेको बताइएपनि खरिद बिक्रीको लागि १२ करोडमा सहमति भएको बताइन्छ । जग्गामा बैना गर्ने एक जनाको मात्र नाम बाहिर आएको भएपनि मारवाडी समुदायका अन्य २ जनाले समेत संयुक्त रुपमा जग्गा खरिदको सहमति जनाएका बताइन्छ ।

त्यसमा गिरिधारीका छोरा बिनय बंसलले अन्य दुइ जना साझेदारको नाम बताउन भने इन्कार गरे । उनले आफ्नो रकम डुब्नबाट बचाउन जग्गा रोक लगाएको कुरा बताउँछन अझ पर्सा मालका नामसारी फाँटका कर्मचारीहरुले नै सबै ओर्जिनल छन जग्गा लिँदा केही फरक पर्दैन भनेपछि आफुले लिएको कुरा टेलिफोन सम्पर्कमा बंशलले बताएपछि यसभित्रै निकै ठूलो चलखल भएको समाचार प्राप्त हुन आएको छ ।

अव स्थानीय प्रशासन तथा अन्य अधिकारप्राप्त निकायले सक्रिएता देखाएमा जग्गा फर्जि कागज तयार गर्ने, जग्गा लिने र नक्कली मानिसहरु समेत जेलका काल कोठरीमा जाकिने स्पष्ट भएको छ । यसबारेमा पर्साका प्रमुख जिल्ला अधिकारी बिष्णु बिहादुर कार्कीसंग सम्पर्क गर्न खोज्दा भेट हुन सकेन ।

उता अख्तियार हेटौंडामा समेत यसमा निगरानी गरिरहेको समाचार छ भने भूमाफियाहरुले गण्डकमा रहेको ठूलो परिमाणको सरकारी जग्गा समेत बिक्री गरेको समाचार छ ।

Back to top