×

वीरगञ्ज १ श्रावन । बारामा रहेको ओम चाबो मिल इड्र्स्टीजका संचालक वीरगञ्जका सुरेश रुंगटाले ३ वर्ष पुरानो रहेको भकारी क्षमता भन्दा बडी मकै राखी भत्काई इन्सुरेन्स कम्पनीसँग करिव १५ करोडको क्षति पुर्ति लिने दाउमा रहेको कुरा सतहमा आएको छ ।

क्षमता भन्दा बढी सामान राखेको कारण भकारी भत्किंदा पनि इन्सुरेन्स कम्पनिसँग मोटो रकम उसुल गर्न उद्योग रुंगटाले विभिन्न समचार माध्यम मार्फत भकारी भत्किने वाहियाद कारण बताउंदै आएका छन् ।

ओम चाबो मिल इड्र्स्टीजमा मंगलबार साँझ भकारी खस्दा ६ जना मजदुर घाइते भएका थिए । कुखुराको दाना बनाउने नितनपुर स्थित सो कारखानामा मंगलबार साँझ ६ बजे मकै राख्ने ७.५ हजार टन काम नलाग्ने अवस्थामा पुगेको क्षमता भन्दा बडी भकारीमा मकै राखेका कारण एक्कासी खसेको थियो ।

यता ओम चाबो मिल इड्र्स्टीजका संचालक सुरेश रुंगटाले काम नलाग्ने अवस्थामा पुगेको क्षमता भन्दा बडी भकारीमा मकै राखेका कारण दुर्घटना भएको र सो दुर्घटनामा परी ७ जना घाइते भएको इलका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरिक्षक ओमप्रकाश यादवले बताएका छन् ।

भकारी खसेको कारण करिव १५ करोड को क्षति भएको संचालक रुंगटाको दावी छ । ट्रकवाट भकारीमा मकै ओसारि राख्दा हेर्दाहेर्दै ३ वर्ष पुरानो भकारीे एकासी खसेकोे कम्पनीका संचालक रुंगटाले बताए । ७.५ हजार टन क्षमता र ६.५ टन क्षमताको मकै राखिने २ वटा भकारीे रहेको छ । ७.५ टन क्षमताको भकारीे खसेको हो ।

अर्को भकारी खालि नै रहेको थियो । भकारीे खसेकोले घाइते ६ जना कामदार मध्ये ३ जना समान्य उपचार गराएर घर फर्किसका छन् भने ३ जना को उपचार चलीरहेको छ । भकारीे खसेकोले एउटा ट्रक, एउटा मोटर साइकलमा क्षति पुगेको छ । यसै गरी कारखानाको पर्खाल पनि भत्किन पुगेको छ ।

 

Back to top