वीरगन्ज ३० असार । वीरगन्ज महानगरपालिका हुँदै बग्ने सिर्सिया नदीको बहाव क्षेत्र अतिक्रमणको चपेटामा छ । त्यसमाथि नदीमा हुने जलकुम्भी झारले वर्षायाममा पानी बग्न दिँदैन । विशेषगरी पुलमा गएर जलकुम्भी अड्किने गर्छ । त्यसले गर्दा पानी बस्तीमा पस्ने गरेको छ ।
वीरगन्जको घडिअर्वा मसानघाट हुँदै रामगढवा जाने बाटोको सिर्सिया नदी पुलमा जलकुभ्भीले ढाकेको थियो । पुलमा जलकुम्भी अड्किएर ताल बनेपछि पानी रामगढवा र अशोक बाटि हुदै वीरगन्ज सहर तिर जाने अवस्था आयोको देखेर वडा नम्बर १० का वडाअध्यक्ष नगिना साह कानुले सिर्सिया नदि पुलमा जमेको जलकुभ्भी निकालने काम गरेका छन ।
सिर्सिया पुलमा जलकुभ्भीले ढाकेर पानी बस्तीतिर जाने स्थिति भएपछि बस्ती डुबानमा पर्ने जोखिम देखेर वडाअध्यक्ष कानुले महानगरपालिकाबाट दुई वटा जेसीबी ल्याई नदिमा जमेको जलकुम्भी हटाउने काम गरेर वीरगन्ज सहरलाई डुबानबाट बचाउने कार्य गरिएको स्थिानियले बताएका छन ।