×

एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।

वीरगञ्ज । सामाजिक सञ्जाल सामग्री निर्माता तथा टिकटकर वीरगञ्जकी किरण साहको निजी तथा गोप्य दृश्य अनुमति बिना सार्वजनिक गरिएको घटनामा संलग्न व्यक्तिमाथि कानुनी कारबाही गर्न समाजका विभिन्न क्षेत्रका व्यक्तिहरूले माग गरेका छन् ।

उनीले कुनै पनि व्यक्तिको निजी जीवनसँग सम्बन्धित दृश्य वा सामग्री गोप्य रूपमा खिचेर वा अनुमति बिना सार्वजनिक गर्नु व्यक्तिको गोपनीयताको गम्भीर उल्लङ्घन हुने बताएकी छन् । यस्ता कार्य कानुन विपरीत हुने भएकाले दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने उनको भनाइ छ ।

कानुनका जानकारहरूका अनुसार कसैको अनुमति बिना निजी तथा गोप्य सामग्री सार्वजनिक गर्नु गोपनीयताको अधिकारमाथिको हस्तक्षेप हो । यस्तो कार्य विद्युतीय माध्यमबाट गरिएमा प्रचलित कानुनअनुसार दण्ड र जरिवानासमेत हुन सक्ने व्यवस्था रहेको उनीहरूले बताएका छन् ।

निजी दृश्य सार्वजनिक भएको करिब एक सातापछि किरण साहले सामाजिक सञ्जालमार्फत भावनात्मक सन्देश साझा गरेकी छन् । भोजपुरी भाषाको एक भावनात्मक गीतमा आधारित दृश्यमार्फत उनले आफू विश्वासघातको सिकार भएको सङ्केत गरेकी हुन् ।

यस घटनापछि सामाजिक सञ्जालको जिम्मेवार प्रयोग, व्यक्तिगत गोपनीयताको सम्मान तथा अनुमति बिना कसैको निजी सामग्री सार्वजनिक गर्ने प्रवृत्तिविरुद्ध कडा कानुनी कारबाही आवश्यक रहेको आवाज विभिन्न तहबाट उठ्न थालेको छ ।

Back to top