×

वीरगन्ज २२ असार । विश्व व्यापी महामारीको रुपले फैलिरहेको कोरोना भाईरसका कारण नेपाल-इंडिया सीमा नाका विगत ३ महिनादेखि नेपाल सरकारले सिल गरे पनि पर्सा जिल्लाको छिपहरमाई गा.पा.को विभिन्न नाकाबाट भने ठूलो मात्रामा तस्करी भईरहेको समाचार प्राप्त भएको छ ।

भिस्वालाई पर्सा जिल्लाको दाेस्राे नाकाको रुपमा जानिन्छ । पर्साको मुख्य नाकाहरू बन्द भए पनि ग्रामीण क्षेत्रको भिस्वा नाकालाई पर्साका नामुदत तस्करहरुले प्रहरीको सहयोगमा अवैध धन्गदा गरिरहेकाे खबर ।

सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट भिस्वा-बंजारी सशस्त्र प्रहरी निरीक्षक हरि बहादुर पराजुली, नेपाल प्रहरी भिस्वा चौकीका इन्चार्ज सई प्रेम खत्री रहेका छन् । सुरक्षा निकायकै सेटिङमा पर्साको नामुद तस्करहरुले भिस्वा , बुढागाई ,भेडिहर्वा , मिर्जापुर भई भारतबाट लकडाउनको बेलामा रातिको समयमा नेपालमा अभाव भएको इलेक्ट्रोनिक पार्ट्स, गाडीका पार्ट्स, हार्डवेयर , कपडा, सुर्ती, रजनीगन्धा , राजनिवास, पानपराग, मैदा, चिनी, खाने तेल, भैंसीलगायतका सामानहरु भारतबाट नेपाल तर्फ भित्रयाउछन भने नेपालबाट भारततर्फ छोकडा, मरिच, केराउ, रक्सी लगायतका सामानहरु भारतमा रातिको समयमा प्रहरीकै सहयाेगमा तस्करी हुँदै आएको स्थानीयहरुले बताएका छन ।

छिपहरमाईको भिस्वा सीमा नाकामा खटिने सशस्त्र प्रहरीका जवानहरू किसानले ५-१० किलो सामान र मान्छे नाका कटाए वापतमा पनि रकम उठाउने गरिरहेको खबर छन । त्यस्तै केही दिन अगाडि भलुवहीयाको ओरिया खोलाबाट सशस्त्रका सई श्यामानन्द हरिजनको कमान्डमा खटेको टोलीले ७ वटा भैंसी र ४ वटा राँगा समातेर बंजारी केम्पमा बुझाएको थियो । तर प्रहरी निरीक्षक पराजुलीले माथि कुनै पनि जानकारी नदिई ३५ हजारको घुस लिएर छाडेको आराेप लागेकाे छ।

नेपाल सरकारले बढ्दो कोरोना भाईरस महामारीको कारण नेपाल -भारत सीमा लक गरे पनि सशस्त्र प्रहरी बंजारीका प्रहरी निरीक्षक हरि पराजुलीले नेपाल सरकारको नियम विपरीत उनी भारतको बसन्तपुर भन्ने ठाउँमा प्रत्येक दिन जाने र शंकास्पद मानिसहरूसंग भेटघाट गरेर फर्किने गरेकाे खबर छ ।

भारतीय सीमा क्षेत्र सिक्टा, मैनाटाड, इनर्वासम्म रक्सी, केराउ, मरिच, छोगडाका लागि तस्करी गर्न लाइन दिंदा तलदेखि माथिसम्म मिलाउने जिम्मा लिने गरेकाे आराेप सशस्त्र प्रहरीका इन्स्पेक्टर हरिबहादुर पराजुली बंजारी बिओपीमा यो दोस्रो पटक बस्ने अवसर पाएपछि लागेकाे छ ।

सशस्त्र प्रहरी नेपालको नियममा एक चोटी कुनै बिओपीमा बसेपछि फेरि अर्को पल्ट त्यो बिओपीमा जान नपाइने भए पनि आफू डीआइजी र आइजीपी खास मान्छे भएर दोस्रो पटक अबसर पाएको तस्करहरुलाई बताउने गरेकाे प्रहरी स्राेत बताउछ ।

स्राेतका अनुसार, तस्करहरुले मोटरसाइकल, टेम्पो र पीकअप गाडीबाट नाका कटाउने काम गर्ने गर्छन । पिकअप गाडीमा खाद्यान्न ढुवानी भनेर लेखिन्छ र भित्र लुकाएर सेट्टिंगमा अवैध बस्तु सीमा कटाइन्छ । भिस्वा सीमा नाका हुण्डी कारोबारमा पनि धेरै चर्चामा आउने गरेकाे छ ।

याे नाकामा तस्करी चम्केकाे समाचार पटक पटक सञ्चार माध्यममा आएपनि कुनै रोक नलगाई तस्करी धमाधम भईरहेको स्रोतले जनाएको छ ।

सुरक्षा निकायका कमाण्डरहरूकाे कारणले नेपाल प्रहरी र सशस्त्र प्रहरी सङ्गठन नै पूरा बदनाम हुँदै आएको स्थानीयहरू बताउछन् । यस्तो गैरजिम्मेवार व्यक्तिहरूप्रति सम्बन्धित निकायको ध्यान जान अति आवश्यक देखिएको स्थानीयहरू बताउछन्। साभार sanghunews.com बाट

 

Back to top