वीरगञ्ज १८ असार । बारामा चट्याङ लागेर मृत्यु भएका पिडितहरुको परिवारका लागि प्रदेश सरकारले जनही १ लाख उपलब्ध गराउँने भएको छ । प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्रि जितेन्द्र सोनलले प्रदेश सरकार मार्फत बारामा चट्याङ् लागेर मृत्यु भएका व्यक्तिहरुको परिवारलाई १ लाख राहत उपलब्ध गराइने बताए ।
बिहिबार बिहान आएको हावाहुरीसँगै आएको भारी वर्षाका कारण बाराको विभिन्न स्थानमा चट्याङ् लागेर ४ महिलाको मृत्यु भएको छ । धान रोपाइँ गरिरहेको चारै महिला को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
चट्याङ लागेर मृत्यु हुनेमा शीतलपुरस्थित खेतमा रोपाइँ गरिरहेकी ३५ वर्षीया आशादेवी महतो, ४५ वर्षीया हलिमा खातुन रहेकी बारा प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्राले जानकारी दिएका छन् ।
त्यसैगरी फेटा गाँउमा एउटा घरमा चटाङ लग्दा एकै घरका ३० वर्षीया ईन्दु देवी महतो र ४० वर्षीया सुनारपति देवी महतोको घटानस्थलमै मृत्यु भएको प्रवक्ता मिश्रले जानकारी दिएका छन् ।
चटाङ लागेर घाइते भएका फेँटाका ५ जनालाई कलैया अस्पताल लगिएको छ । प्रदेश सरकारले घाइतेहरुको सबै उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने समेत उठाउँने मन्त्रि सोनलका स्वकीय सचिव रमेश सर्राफले जानकारी दिए ।