×

वीरगञ्ज ८ असार । धर्मशाला निर्माणको विषयलाई लिएर बिन्दवासिनी गाउँपालिकामा विवाद उत्पन्न भएको छ । पर्साको बिन्दवासिनी गाउँपालिका वडा न. ३ को ठुलो ईटियाहीमा धर्मशाला निर्माणका लागि जग खनेपछि त्याँहाका स्थानीयल विरोध जनाएका छन् ।

श्री हनुमान मन्दिर सेवा समिति ट्रष्टको नाममा गाउँपालिकाको बजेटबाट जम्मा अढाई धुर जग्गामा धर्मशाला निर्माण गर्ने भन्दै जग खन्न थालेपछि स्थानीयले विरोध जनाएका हुन् ।

गाउँपालिकाकी उपप्रमुख किरणदेवी गुप्ताले गाउँपालिकाको बजेटबाट कामै नलाग्ने नाममात्रको धर्मशाला निर्माण हुन थालेको भन्दै स्थानीयले अहिले निर्माणको काम रोकिदिएका छन् । आर्थिक वर्षको अन्तिममा धर्मशाला निर्माणको नाममा बजेट सक्न मात्रै काम थालनि गरेको स्थानीयको आरोप छ ।

उपाध्यक्ष गुप्ताका निकट रहेका प्रेमचन्द्र चौरसियाकी श्रीमती निलुदेवी चौरसिया सचिब रहेको ट्रष्टको कार्यलय बनाउनका लागि धर्मशालाको बहानामा ५ लाख रकम छुट्याएर दिएको बुझिएको छ ।

ट्रष्टका सचिबका श्रीमान प्रेम चन्द्र चौरसियाले सामाजिक सञ्जाल फेसबुकमार्फत नै गाउँपालिका उपाध्यक्षले मिलाइदिएको बजेटबाट ट्रष्टको कार्यालय बनाउन लागेको स्वीकार नै गरेका छन् ।

[caption id="attachment_91562" align="alignleft" width="442"] प्रेम चन्द्र चौरसियाले सामाजिक सञ्जाल फेसबुकमा स्वीकार गरेको स्क्रिनसट ।[/caption]

गाउँपालिका उपाध्यक्षको जोडबलमा बनाउन लागिएको धर्मशालाको कुनै औचित्य नभएको स्थानीयले बताउँदा बताउँदै पनि उपाध्यक्ष गुप्ताले ट्रष्टलाई पोस्न आर्थिक वर्ष सकिनै लाग्दा बजेट उपलब्ध गराउने रणनीतिमा लागेकी हुन् ।

धर्मशाला निर्माण गर्न थालिएको जग्गा हुँदै गाउँपालिकाले सडक निर्माणको काम अघि बढाईसकेको छ । २० फिटको सडक त्यस ठाउँ हुँदै जाँदा धर्मशाला बनाउने भनिएको जग्गा करिब ८ फिट मात्रै बच्न पुग्छ ।

सडककै जग्गामा उपप्रमुख गुप्ताको निर्देशनमा धर्मशाला निर्माण गर्ने भन्दै खन्ने काम भएको छ । सडकसमेत अतिक्रमण गरेर अढाई धुर जग्गामा धर्मशाला निर्माणको प्रक्रिया थालेपछि स्थानीय आक्रोसित भएका हुन् ।

धर्मशालाका लागि त्यस ठाउँ उपयुक्त नभएको स्थानीय विन्दा साह बताउँछन् । करिब दुई धुर पनि नरहेको त्यस ठाउँमा कत्रो धर्मशाला बन्ला भनेर स्थानीयले प्रश्न गरेका छन् ।

धर्मशाला कुनै फराकिलो ठाउँमा बनाउनुपर्ने भए पनि साँघुरो ठाउँमा बनाउन खोजेर विकासको नाममा गाउँपालिका उपाध्यक्षले बजेट सक्काउन खोजेको स्थानीय हिरा देवीले बताइन् ।

[caption id="attachment_91566" align="aligncenter" width="1200"] स्थानीय हीरा देवी[/caption]

बस्तीको बिचमा अढाई धुरको जग्गामा धर्मशाला बनाउनुका साट्टा गाउँको अन्य ठाउँमा रहेको खुला र फराकिलो जग्गामा धर्मशाला निर्माण गर्न स्थानीयले माग गरेका छन् ।

नेपाली कांग्रेसबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष गुप्ताले स्थानीयको भावना विपरित व्यक्तिगत स्वार्थमा केन्द्रीत भएको बड्का ईटिहाई निवासी मोहन कुमार गुप्ताले गुनासो गरे ।

अहिले लकडाउनका कारण नागरिक समस्यामा रहेको समयमा स्थानीय प्रतिनिधि गाउँपालिकामा आएको बजेटलाई कमाइ खाने बनाएको स्थानीयको आरोप छ ।

गाउँपालिका अध्यक्ष श्रीलाल साह कानु (मोदी)ले उपाध्यक्षले जबर्जस्ति निर्माण गर्न लागेको धर्मशालाको काम अघि नबढाउन निर्देशन दिएको बताए ।

[caption id="attachment_91560" align="aligncenter" width="1500"] विन्दबासिनी गाउँपालिकाका अध्यक्ष श्रीलाल साह कानु (मोदी)[/caption]

स्थानीयको विरोधपछि स्थलगत निरीक्षणमा आफू पनि गएको र त्यस ठाउँमा धर्मशाला निर्माणको कुनै मापदण्ड नपुगेको पाएको उनले बताए । अहिले धर्मशाला निर्माणको काम अघि बढाउन रोकेको र अब छलफलपछि मात्रै त्यसलाई के गर्ने भन्ने निष्कर्षमा पुर्याउने उनले बताए ।

Back to top