×

वीरगन्ज ८ असार । कोरोना महामारी नियन्त्रणको लागि २ अरब बजेट छुट्याएको र यसको नियन्त्रणको लागि कुनै कसर बाँकी रख्दिन भनेर गफ हान्दै हिड्ने मुख्यमन्त्री लालबाबु राउत गद्दीको औकात वीरगंज महानगरका नगरप्रमुख बिजय सरावगीले देखाई दिएका छन् ।

कोरोना नियन्त्रणको लागि गरिने मेयरको हरेक प्रयासमा मुख्यमन्त्री प्रत्यक्ष अप्रत्यक्ष तवरले असहयोग गरे । कोभिड अस्पताल बनाउन होस अथवा नगरपालिकाले किन्ने पि.सि.आर मेशिन होस, यो दुवै अभियान असफल बनाउन मुख्यमन्त्री गद्दी न्वारनको बल लगाए ।

आफै राणाीसती अतिथि सदनमा व्यापारीहरुको मिटिङ्ग गरेर सब सहयोग गर्छु तपाईहरुले चन्दा दिनु पर्दैन भने । त्यतिले नपुगे पछि आफ्नो अर्थ राज्यमन्त्री लाई पठाएर पुनः व्यापारीहरुको भेला गराई तपाईहरु चन्दा नदिनुस प्रदेश सरकारले पि.सि.आर.को टेण्डर गर्दैछ भन्न लगाए ।

हरेक दिन बिहान उठेदेखि राती नसुतुन्जेलसम्म सयकडौं झुठो बोल्दै हिड्ने गद्दीको कुरा यहाँका व्यापारीहरुले पत्याएनन् उल्टै त्यसको भोली पल्ट वीरगंज उद्योग वाणिज्य संघमा बोलाएर मेयर सरावगीलाई पि.सि.आर. मेशिन खरिद गर्न रु. ७० लाख सहयोग गरेको फलस्वरुप वीरगंज महानगरपालिकाले पि.सि.आर. मेशिन खरिद गर्न सफल भयो ।

आज त्यही राणीसती अतिथि सदनमा मेयर सरावगीले मुख्य अतिथिको रुपमा मुख्यमन्त्री लालबाबु राउत गद्दीलाई बोलाएर उनकै हातबाट नारायणी अस्पताललाई पि.सि.आर. मेशिन दिलाएर राजनीतिक रुपमा “सिक्सर” हानेका छन् ।

पि.सि.आर. मेशिन हस्तान्तरण कार्यक्रममा मुख्यमन्त्री गद्दी आफ्नो सरकारले गरेको कामको फेहरिस्त सुनाएपनि त्यहाँ उपस्थित स्रोताको मन जित्न सकेनन् । जुन ठाउँमा बोलाएर व्यापारीहरुलाई चन्दा नदिनुस् भनेर भनेका थिए त्यही व्यापारीहरुको बिचमा सबैको अगाडी बोल्दा मुख्यमन्त्री गद्दीको चेहराको चमक हराएको थियो ।

कोरोना महामारी नियन्त्रणको लागि प्रदेश सरकारको सधै आलोचना गर्दै हिड्ने मेयर सरावगीले मुख्यमन्त्रीलाई आफ्नो कार्यक्रममा प्रमुख अतिथि बनाएर राजनीतिक रुपमा चतुर्‍याईको परिचय दिएका छन् भने लालबाबु राउत गद्दी हिजोको दिनमा मेयर विरुद्ध उक्साएको मान्छेको विश्वास गुमाएका छन् ।

मुख्यमन्त्रीको यो भुमिका हेर्दा “मियाँके जुती मियाँ के सर” भन्ने हिन्दी लोकोक्तीलाई चरितार्थ गरेको छ ।

- साभार shirishnews.com बाट

Back to top