×

वीरगन्ज ५ असार । पर्सा क्षेत्र न.२ का सांसद बिमल प्रसाद श्रीबास्तव का प्रतीनिधि पुरुशोतम झाले आज बहुदरमाइ नगरपालिका का नगरप्रमुख नितेन्द्र साह विरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराएका छन ।

सांसद श्रीवास्तवको सन्सदिय बिकास कोषको रकमबाट बहुदरमाइ नगरपालिका क्षेत्रमा निर्माण भइरहेको प्रबेशद्वार, भेपर लाइट जडान जस्ता कार्यमा नगर प्रमुख साहले अवरोध गरिरहेको र आफ्नो नगर क्षेत्र भित्र कुनै पनि गैर राजनीतिक दलका सांसद वा बिधायकलाई बिकास गर्न नदिने मन्साय विरुद्ध उजुरी परेको र यस सम्बन्धमा अबिलम्ब आवस्यक कार्वाही नभए अव्स्था भ्यावह हुने उजुरी दर्ता गर्न पुगेका टोलि मध्ये एक जनता समाजबादि पार्टीका नेता शिव पटेलले बताउनु भयो ।

जग्गा बिनाश गरि माल कमाउन बानि परेका गैर राजनितीक ब्यक्ति मेयर साहमा बिकास बारे ज्ञानको अभाव भएकोले यश नगरपालिका भित्र बिकास बारे पटक पटक बिबाद भइरहेको चर्चा गर्दै नेता पटेलले नगरपालिका भित्र सडक नभइ आम जनता हिलोमा हिन्न बाध्य भैरहेको अस्पतालको अवस्था नाजुक भएकोले क्वारेन्टाइन बिधालयमा रहेको स्मरण गराउदै नगर प्रमुखले अनावश्यक झमेला खडा न गरि सबैलाइ बिकास गर्न सहज बताबरण बनाउन आग्रह गर्नु भयो ।

उजुरी दिन सांसद प्रतीनिधि पुरुशोतम झा संगै सान्सद पिए चन्दन मिश्र, जनता समाजबादी पार्टीका नेता शिव पटेल, रामनरेश यादव, तबरेज आलम लगायतका नेता जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।

Back to top