×

वीरगञ्ज, जेठ १२ - पर्सा क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रदीप यादवले नारायणी अस्पतालको सम्पूर्ण सेवाहरु पुन: सुचारु गर्नु पर्ने माग गरेका छन् ।

उनले आज सामाजिक सञ्जाल फेसबुकमा एउटा पोस्ट लेख्दै नारायणी अस्पताल कोरोना मुक्त भएकोमा खुसि व्यक्ति गर्दै अस्पतालमा बन्द रहेका जनरललगयातका अन्य सम्पूर्ण सेवाहरु छिटो भन्दा छिटो सञ्चालन गर्नुपर्ने माग गरेका छन् ।

तत्कालिन समाजवादी पार्टीका केन्द्रिय सदस्य समेत रहेका सांसद् यादवले ईदको उपलकक्षमा नारायणी अस्पतालमा उपचारत कोरोना संक्रमितहरु निको भएर घर फर्किंदा आफुलाई दुई गुणा खुसि भएको जनाएका छन् । नारायणी अस्पतालबाट आज २ सञ्चारकर्मीसहति ४३ व्यक्ति कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् ।

त्यसैगरी उनले कोरोनाभाइरस विरुद्धको लडाइमा अग्रपंतिमा आएर खटिरहेका चिकित्सक, नर्स, अन्य स्वास्थ्यकर्मी, सफाईकर्मीले गरेको योगदान अतुलनिय रहेको बताउँदै सबै प्रति आभार समेत प्रकट गरेका छन् ।

उनले आफ्नो निर्वाचन क्षेत्रको लागि यो खुसिको खबर भएको समेत जनाएका छन् ।

Back to top