×

वीरगन्ज १५ बैशाख । वीरगंज महानगरपालिका वडा नम्बर १३ तेजारथमा रहेको मनोकामना पाईप उद्योगमा आगलागि भएको छ । उद्योग परिसरमा रहेको पुरानो पाईपहरु राखेको ठाउँमा आज दिउँसो सवा एक बजे आगलागि भएको हो ।

वीरगंज महानगरपालिकाको वारुण यन्त्र,स्थानिय र प्रहरीको सहयोगमा आगलागि नियन्त्रणमा आएको वडा प्रहरी श्रीपुरका प्रहरी निरिक्षक दिपक साहले जानकारी दिनुभयो ।

आगलागिबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । सयम मै वारुण यन्त्र र प्रहरीलाई खबर गरिएकोले ठुलो क्षति नभएको उद्योग संचालक बिनय कुमार नेपालले बताउनुभयो ।

https://www.facebook.com/anil.ojha.353/videos/10207781034799761/

Back to top