×

वीरगन्ज १५ बैशाख । पर्सा विधुतिय व्यवसाय संघले बीरगंजको क्वारेन्टाइनमा रहेकाहरुलाई निशुल्क रुपमा खाना खुआएको छ ।

वीरगंजको ठाकुराम बहुमुखि क्याम्पस क्वारेन्टाइनमा रहेकाहरुको लागि निस्शुल्क रुपमा १२५ जनालाई खाना खुआएको पर्सा विधुतिय व्यवसाय संघका अध्यक्ष कृष्णा पटेलले वताउनु भयो ।

वीरगंजको ठाकुराम बहुमुखि क्याम्पस क्वारेन्टाइनमा रहेको १२५ जनालाई खाना र नास्तागरि ४ छाकका लागि २१ हजार नगर रुपैया दिएको पर्सा विधुतिय व्यवसाय संघका उपाध्यक्ष संतोष सर्राफले वताउनु भयो ।

खाना खुआउने कार्यमा पर्सा विधुतिय व्यवसाय संघका सदस्यहरू अनिल गुप्ता, श्याम अग्रवाल, निसार अहमद लगायतको सहभागीता रहेको छ ।

Back to top