×

 

बिरगंज १३ चैत्र । हामी ताला बंदी लकडाउनमा छौ । सरकारको यो निर्णय सराहनीय छ । हामी र हाम्रा परिवारलाई सुरक्षित राख्न सरकारलाई सहयोग गर्न हामीले आफ्नै घर भित्र बस्नु उपयोगी छ ।

वर्तमान स्तिथि ज्योतिषी कारणले पनि मीन राशिको सुर्य २०७७ बैशाख १ गते मेष राशिमा सूर्यको प्रवेश भएपछि कोरोनाको बिशेष प्रभाव समाप्त हुने योग छ किनभने यो अदृश्य वायरसको कारक ग्रहहरु शनि आफ्नो स्वराशि मकरमा, राहु आद्रा नक्षत्रमा र केतुको विषमयोगले अचानक आएको वायरस प्रभाव एक हप्ता पछि न्यून हुँदै जाने र यो अदृश्य वायरस २०७७ वैसाख १ गते देखी कुनै न कुनै उपचार पद्वति वा औषधिको अविष्कार हुनेसक्ने सम्भवना छ । यस विचमा अहिले चैत्र नवरात्रि चलिरहेको बेला मठ मन्दिरमा न गएर आफ्नै घरमा यथाउपयोग्य रूप ले श्रद्धा पुर्वक माँ भगवतीसंग कामना गरौ ।

अब आजको प्रेस विज्ञप्तिको मूल उदेश्य तराईको महाप्रसिद्ध चैती छठ महापूजाको सम्बन्धमा छ छठपूजा यही चैत्र १५ गते शनिवार नहाखाएके,१६ गते आइतबार रसीवाव रोटी र १७ गते सोमवार सझीयाघाट छठगर्ने भक्तजनहरुको हामीलाई सोधि रहेका छन कि लकडाउनमा कसरी पुजा गर्ने समान पनि बजारमा पाउने स्तिथि छैन र छठ घाटमा गई भीड़भाड़ गरेर व्रत गर्ने स्तिथि छैन कसरी गर्ने सम्बन्धमा हामी के भन्न चाहन्छौ की जसरी नवरात्रि गरी राख्नु भएको छ त्यसरी नै घर भित्र छठपूजा गरे ठीक हुन्छ । विश्वनै आपातकालमा छ पहिला त जीवन बचाउनु तसर्थ जे घरमा जे सामग्री उपलब्ध हुन्छ वा हुँदैन त्यही श्रद्धा सुमन अनुसारले छठमाता को पुजा गरे देश र विश्वको कल्याण हुन्छ ।

ई लाई समानको आवश्यक छैन वहांहरु अन्तर्यामी हो सबै बुझनु हुन्छ त्यसैले छठको दिन उपवास मात्र गरी घरभित्र नै यो बर्ष सूर्यको दुध वा जलले अर्घ्य दिए मात्र पुग्छ । जरूरी त छैन तैपनी यदि कसैले कुनै पण्डितजीलाई घरमा बोलाउनु हुन्छ भने १ मीटरको दुरीमा बसी सेनटाइज़र प्रयोग गरी संकल्प गरी छठपुजा गरे नै वेश हुन्छ । यसरी गरेर विश्वको कल्याण हुन्छ भने अझ देवी देवताहरु प्रसन्न भई हामीलाई आशिर्वाद प्रदान गर्नु हुन्छ । तसर्थ हाम्रो यहाँहरुसंग दुवै हाथ जोडेर निवेदन छ की कुनै पनि कारणले भीड़भाड़ न गरी दिनु होला । घर बाहिर आफु पनु न निस्कौ न अरुलाई निस्काऊ । सुरक्षित बसौ यही आग्रह छ । धन्यवाद । ज्योतिष सम्राट पण्डित पुरुषोतम दुबे केन्द्रिय उपमहासचिव नेपाल ज्योतिष परिषद ।

Back to top