×

एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।

वीरगञ्ज। नेपाल विद्युत् प्राधिकरण, वीरगञ्ज वितरण केन्द्रले नयाँ ट्रान्सफर्मर जडान कार्यका लागि आज (साउन ८ गते) केही क्षेत्रमा करिब ६ घण्टा विद्युत् आपूर्ति बन्द हुने जनाएको छ।

वितरण केन्द्रका अनुसार बहुअरीस्थित हनुमान मन्दिर नजिक १०० फिट बाइपास क्षेत्रमा भोल्टेज अपुग देखिएकाले नयाँ ट्रान्सफर्मर जडान गर्न लागिएको हो। सो कार्यका लागि वीरगञ्ज सबस्टेसनबाट प्रसारण हुने राधेमाई ११ केभी फिडरअन्तर्गतका क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध गरिनेछ।

सूचनाअनुसार दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म बोलबम पेट्रोल पम्प, रेनुका पेट्रोल पम्प, पिप्रा बाइपास, लिंक रोड, नरसिंह स्कुल तथा प्रतिमा चोक आसपासका क्षेत्रमा विद्युत् सेवा बन्द रहनेछ।

प्राधिकरणले निर्धारित समयभन्दा अगावै काम सम्पन्न भएमा विद्युत् आपूर्ति तत्काल सञ्चालन गरिने जनाएको छ।

विद्युत् अवरुद्धका कारण सेवाग्राहीमा पर्न जाने असुविधाप्रति क्षमायाचना गर्दै नेपाल विद्युत् प्राधिकरण, वीरगञ्ज वितरण केन्द्रले सम्बन्धित सबै ग्राहकलाई आवश्यक तयारी गर्न आग्रह गरेको छ।

Back to top