×

 

वीरगन्ज १३ चैत । वीरगञ्ज आदर्शनगरस्थित ग्रिन सिटी सामुदायिक सेवा केन्द्र, सामुदायिक प्रहरी सेवा केन्द्रले त्यस्ता मानिसहरुलाई नयाँ तरिकाले कारबाही सुरु गरेको छ । उनीहरुलाई ‘म काम नभएर पनि घर बाहिर जान्छु’, ‘म काम नभएर पनि मोटरसाइकलमा बाहिर जान्छु’ लेखिएको प्ले कार्ड बोक्न लगाउँदै फोटो खिचेर घर पठाइएको हो ।

बिहानदेखि १० जनालाई त्यसरी कारबाही गरिसकेको ग्रिन सिटी सामुदायिक केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिए । लकडाउनको उल्लंघन गरेर आवश्यकता नहुँदै रमिते बनेर सडकमा निस्कनेलाई सचेत गर्न यस्तो अभियान थालिएको अध्यक्ष खेतानले बताए ।

‘किन घर बाहिर निस्केको भन्दा कुनै काम पनि हुँदैन, त्यसै डुलेर रमिते बनेर मानिसहरु हिँडिरेका छन्,’ उनले भने, ‘उनीहरुले आफूलाई मात्रै होइन समुदायलाई समेत जोखिममा पारेका छन् । त्यसैले सचेत बनाउन यस्तो कारबाही थालेको छ ।

Back to top