वीरगंज ८ फागुन । नेकपा नेता प्रभु शाहको गृह नगर रौतहटको मौलापुरमा गएराति आयोजना गरिएको भोजपुरी फिल्मका सुपरस्टार दिनेशलाल यादव निरहुआु र अभिनेत्री आम्रपाली दुबे लगायतको साँस्कृतिक कार्यक्रम भाँडिएको छ ।
मौलापुर नगरपालिकाको पतौरा टोलमा मंगलवारदेखि आयोजित मधानी महायज्ञको अवसरमा राखिएको रात्रिकालीन साँस्कृतिक कार्यक्रममा भारतीय मुलका चर्चित भोजपुरी कलाकार निरहुआ, आम्रपाली र ईन्दु शोनालीलगायतको कलाकारमाथि चप्पल जुत्ता वर्षिएपछि उनीहरु स्टेज छाडेर भागेका थिए।
साढे ९ बजे शुरु भएको कार्यक्रममा कलाकार दिनेशलाल निरहुआद्वारा परिचयात्मक गीतपछि मञ्चमा गैर कलाकारको अनावश्यक भिडलाई दर्शकहरुले हटाउन माग गरे। उक्त भिड नहटेपछि जुताचप्पल चलेको प्रत्यक्षदर्शीहरुले बताएका छन्।
मञ्च व्यवस्थित नभएको र मञ्चमाथि फोटो खिच्न, सेल्फी लिन तथा अनावश्यक रुपले गैर कलाकारले पनि मञ्चमा नृत्य गर्न थालेको दर्शकको आरोप थियो। पतौरामा पुरातात्त्विक शिव मन्दिर भेटिएको खुशियालीमा मौलापुर नगरपालिकाको कार्यक्रम आयोजनामा गरेको थियो। साभार pahilopost.com
https://www.facebook.com/PahiloPostNews/videos/1310920722426080/