×

वीरगंज, भदौं १२ - पर्सा जिल्लास्थित छिपहरमाई गाउँपालिकाको जयमङ्गलापुरमा बिहिबार एक कार्यक्रम बीच बाढी प्रभावित बस्तीमा राहत सामग्री र इमर्जेन्सी किट वितरण गरिएको छ ।

समर्थ नेपालको आयोजना तथा सृजनशील युवाहरुको समुह संस्कृतीको सहकार्यमा छिपहरमाई गाउँपालिकाको वडा नं. ३ स्थित जयमङ्गलापुरमा गत महिना आएको बाढीबाट प्रभावित ४० परिवारलाई राहत सामग्री, इमर्जेन्सी किट र वाटर फिल्टर (पानी सुद्धिकरण गर्ने उपकरण) वितरण गरिएको हो ।

द वर्ल्ड ईज माई कन्ट्री फाउन्डेसन र द वाटर वियरर्सको सहयोगमा तैयार पारिएका प्रत्येक किटमा ४ थान फ्लिस ब्ल्याङ्केट, १ थान प्राथमिक उपचार किट, १ थान महिलाहरुलाई प्रयोग गर्न बनाईएको फ्रीडम किट, १ थान वाटर फिल्टर गर्ने उपकरण, एक थान बाल्टिन, एक थान मग, एक थान आपतकालीन ब्याग र १ थान सोलार लाईट रहेको छ ।

पिडितहरुलाई राहत वितरण गर्दै प्रमुख अतिथी तथा छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज कुमारले विगतमा विभिन्न संस्थाले गाउँपालिकामा राहत वितरण गरेपनी समर्थ नेपालले उपलब्ध गराएको सामग्री अनौठो र भिन्न भएको बताउदै खुसी व्यक्त गरे । उनेले प्रदान गरिएका सम्पूर्ण सामग्री लामो समय सम्म प्रयोग गर्न मिल्ने भएकोले पिडितहरुलाई भविष्यमा समेत काम लाग्ने बताए । अध्यक्ष कुमारले युवाले आफ्नो समाज प्रतीको दाइत्व बुझेर यसरी नै काम गरे समाजका सम्पूर्ण कुरिती र समस्याहरुको अन्त्य हुँदै जाने विश्वास व्यक्त गर्दै आबद्ध संस्थाहरुलाई यस्ता कार्यहरुलाई निरन्तर दिन आग्रह समेत गरेका थिए ।

अध्यक्ष कुमारले छिपहरमाई गाउँपालिकामा बाढीको समस्या पटक-पटक आउने भएकोले यस्को दीर्घकालीन उपायकालागी संघीय र प्रदेश सरकार संग निरन्तर सम्पर्कमा रहेर काम गरिरहेको बताए ।

कार्वि्कमकी रयशिष्ठ अतिथी तथा द वाटर वियरर्सकी प्रतिनिधी जेन ब्रिटोनले बाढी, हुरी जस्ता विभिन्न विपतका बेला आफुलाई शुरक्षित राख्ने प्रक्रिया बारेमा जानकारी गराउदै वाटर फिल्टर प्रयोग गर्न प्रशिक्षण समेत प्रदान गरेकी थिईन । उनले आफ्नो संस्थाले आगामी दिनमा थप विद्यालय र उपयुक्त स्थानहरुमा यस्तै फिल्टर र सोलार लाईट जडान गर्न सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्ति गरीन ।

जेन र समर्थ नेपालकी प्रियाषा महर्जनले महिलाहरुलाई केन्द्रित गरेर बनाईएको फ्रीडम किट र पुन: प्रयोज्य सेनेटरी प्याड उपयोग र त्यसको फाईदा बारे उपस्थित महिलाहरुलाई प्रशिक्षण दिएका थिए ।

संस्कृतीका वरिष्ठ सल्लहाकार तथा समाजसेवी तबरेज अहमदले युवाहरुको पहलमा गरिएको यस्ता कार्यक्रमहरुले तिनीहरुमा समाज प्रतीको आफ्नो दाईत्व बारे अहले पनी चेत रहेको बताए । उनले वीभिन्न देशमा राहत र रकम संकलन गरी यहाँ पर्साका बाढी पीडितहरुका लागी ल्याईएको राहतले यहाँका जनता उत्साहित भएको बताए ।

संस्कृतीकी अध्यक्ष शैली चौधरीको सभापतित्वमा आयोजित कार्यक्रममा समर्थ नेपालका सागर पाराजुली, सुरबी रेग्मी, छिपहरमाई गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष बिनोद साह, संस्कृतीका कोषाध्यक्ष विनित डालमिया, सदस्यहरु हिमांशु बरनवाल, शशिकान्त सर्राफलगयातको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण आँशु सर्राफले गरेका थिए ।

Back to top