×

वीरगञ्ज । मधेश प्रदेशका वन मन्त्री रमेश प्रसाद कुर्मीले राजिनामा दिएका छ्न । कुर्मीको दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेपछि सरकारमा सहभागी लोसपाका मन्त्री कुर्मीले मंगलबार मन्त्री पदबाट राजिनामा दिएका हुन् ।

कुर्मीले मंगलबार प्रदेश प्रमुखको कार्यालयमा पुगेर राजिनामा पत्र पनि बुझाएका छन् । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोज कुमार यादवले चौथो पटक मंगलबार प्रदेश सभाबाट बिश्वासको मत लिने कार्यक्रम रहेपनि जनमत पार्टीको अवरोधका कारणले यादवले विश्वासको मत लिन पाएनन् । कुर्मी, पर्साको निर्वाचन क्षेत्र नम्बर २ को (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।

लोसपाका मधेस प्रदेश अध्यक्ष तथा प्रदेश सभा सदस्य जितेन्द्र सोनलले मुख्यमन्त्री यादवको कार्यशैली ठिक नरहेको निष्कर्ष निकाल्दै प्रदेश सरकारलाई लोसपाले दिएको समर्थन फिर्ता लिने पार्टीमा सहमति भइसकेको जानकारी दिए ।

Back to top