×

वीरगञ्ज । नेकपा एमाले पर्साको नवौँ जिल्ला अधिवेशन सोमबारदेखि सुरु भएको छ ।

मङ्गलवारसम्म चल्ने अधिवेशनको सोमबार नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उद्घाटन गरेका हुन् । अधिवेशनको बन्द सत्र भने मङ्गलवार बिहानदेखि सुरु हुने भएको छ ।

क्लासिक व्याङ्क्वेटमा बिहान ८ बजेदेखि बन्द सत्र सुरु हुने र बन्द सत्रपछि जिल्लाको नयाँ नेतृत्व चयनका लागि प्रक्रिया अगाडि बढ्ने महानगर सचिव सुन्दर कुर्मीले जानकारी दिए । बन्द सत्रमा जिल्लाका १४ वटै स्थानीय तहबाट ५ सय ८५ जना प्रतिनिधि सहभागी हुने कुर्मीले बताए ।

पर्सामा एमालेको नयाँ नेतृत्वको लागि अहिलेसम्म तीन जना आकाङ्क्षी देखिएका छन् ।

अध्यक्षमा अहिलेका जिल्ला संयोजक डा. विश्वम्भर शर्मा, संविधानसभा सदस्य जयप्रकाश थारु र पार्टीका मधेस प्रदेश सदस्य शिव पटेल आकाङ्क्षी छन् ।

तिनै जनामध्ये शर्मालाई केन्द्रीय सदस्यद्वय प्रभु हजरा र निर्मला देवकोटाले साथ दिएका छन् भने थारु र पटेल मध्ये एक जनालाई केन्द्रीय सदस्य राजकुमार गुप्ताले अगाडि सार्ने तयारीमा छन् ।

Back to top