×

वीरगञ्ज । सन् २०१७ देखि २०२२ सम्मको अवधीमा देशैभर १ लाख ८१ हजार ३९८ जनाले सुरक्षित गर्भपतन गराएका छन् । यो संख्या सुरक्षित गर्भपतन गराउन कानुनी मान्यता प्राप्त संस्था मेरि स्टोप्स सेन्टरमा सुरक्षित गर्भपतन गराउनेको मात्रै हो । 

मेरी स्टोप्स सेन्टरकी सञ्चार प्रबन्धक तानिया राणाले यात्रा डेलीलाई उपलब्ध गराएको तथ्यांकअनुसार मेडिकल एबर्शन गर्नेको संख्या ७७ हजार ५९६ छ भने सर्जिकल एबर्शन गर्नेको संख्या १ लाख ३ हजार ८ सय २ छ । 

मेरी स्टोप्स सेन्टरले सेवा प्रवाह गर्ने देशैभरका सेवाप्रदायक संस्थामध्ये काठमाण्डौसहित सुर्खेत, कोहलपुर डुम्रे, दाङ्, भैरहवा, नारायणघाट, वीरगञ्ज, इटहरी र झापाबाट सबैभन्दा धेरैले सुरक्षित गर्भपतन गराएका छन् । 

यी क्षेत्रमा सुरक्षित गर्भपतनको सेवा लिनेको संख्या अरु क्षेत्रको तुलनामा धेरै भएपनि जनसंख्याका हिसाबले भने सन्तुष्ट हुने आधार नरहेको राणाको भनाई छ । 

यि सबै सेवाप्रदायक संस्थामा २ वर्षको अवधीमा २५ वर्ष भन्दा माथिका धेरै आएका छन् । सन् २०२१ र २०२२ मा २५ वर्ष र सो भन्दा माथिका १ लाख ४४ हजार ७८० जनाले सेवा लिएका छन् भने २० देखि २४ वर्ष उमेर समूहका ३४ हजार ७५९ जनाले सेवा लिएका छन् । १५ देखि १९ वर्ष उमेर समूहका ७ हजार ९१२ जनाले सेवा लिएको राणाले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ । 

स्वास्थ्य सेवा बिभागका तथ्यांक अधिकृत पुष्कर बिजुक्षेले उपलब्ध गराएको तथ्यांकअनुसार एक वर्षको अवधीमा मधेश प्रदेशमा ६ हजार १५६ जनाले सुरक्षित गर्भपतन गराएका छन् । जसमध्ये वीरगञ्ज महानगरपालिकाभित्रका मात्रै ७७८ जना छन् । २०७७ साल श्रावणदेखि असार २०७८ सम्मको अवधीमा मधेश प्रदेशमा २० वर्ष र २० भन्दा माथीका १३ सय ८४ जनाले शल्यक्रियामार्फत गर्भपतन गराउँदा वीरगञ्ज महानगरपालिकामा ५०८ जनाले सुरक्षित गर्भपतन गराएका छन् । 

यस्तै २० वर्ष र २० भन्दा माथीका ४ हजार ६० जनाले औषधीमार्फत गर्भपतन गराएका छन् । जसमध्ये वीरगञ्ज महानगर क्षेत्रभित्रका २५७ जना छन् । २० वर्ष भन्दा मुनीका प्रदेशभरी २८१ ज्नाले औषधीमार्फत गर्भपतन गराउँदा वीरगञ्ज महानगरमा ४ जनाले गराएका छन् । सोही उमेर समूहअन्र्तगत प्रदेशमा ४३१ जनाले शल्यक्रियामार्फत सुरक्षित गर्भपतन गराउँदा वीरगञ्ज महानगरका ९ जनाले गराएको तथ्यांकमा उल्लेख छ । 

स्वास्थ्य विभागको तथ्यांकअनुसार २०७७ देखि २०७८ सम्मको अवधीमा वीरगञ्ज महानगर क्षेत्रभित्र २० वर्ष भन्दा मुनीका १.६७ प्रतिशतले मात्रै सुरक्षित गर्भपतन गराएका थिए भने मधेश प्रदेशमा ११.५७ प्रतिशतले सुरक्षित गर्भपतन गराएका थिए । 

विभागकै तथ्यांकअनुसार २०७८ श्रावणदेखि २०७९ असारसम्म देशैभर ९० हजार ७३३ जनाले सुरक्षित गर्भपतनको सेवा लिएका छन् । जसमध्ये २० वर्ष भन्दा मुनीका ६ हजार ६४५ जना छन् । २० वर्ष भन्दा मुनीकै औषधीमार्फत सुरक्षित गर्भपतन गराउनेको संख्या ४ हजार ६२ छ भने शल्यक्रियामार्फत २ हजार ५८३ जनाले सुरक्षित गर्भपतन गराएका छन् । २० वर्ष र सो भन्दा माथीका ५८ हजार २८९ जनाले औषधीमार्फत सुरक्षित तवरले गर्भपतन गराउँदा शल्यक्रियामार्फत गर्भपतन गराउनेको संख्या भने २५ हजार ७९९ छ । 

चालु आर्थिक वर्षको ९ महिनामा वीरगञ्जस्थित नारायणी अस्पतालबाट १२४ जनाले सुरक्षित गर्भपतन गराएका छन् । जसमध्ये १०५ जनाले शल्यक्रियामार्फत सुरक्षित गर्भपतन गराएको नारायणी अस्पतालकी नर्सिङ् निरीक्षक हेमा थापाले जानकारी दिइन् । चालु आर्थिक वर्षको श्रावणदेखि चैत महिनासम्म १९ जनाले औषधीको प्रयोगबाट सुरक्षित गर्भपतन गराएका छन् ।

९६ जना १९ वर्षभन्दा माथीका छन् भने २८ जना १९ वर्ष भन्दा मुनीका रहेका छन् । जथाभावी रुपमा औषधी खाएर अनि जटिल भएपछि अस्पताल आउने अवस्थाकोे अन्त्य गर्नुपर्नेमा उनले जोड दिइन् । उनकाअनुसार अस्पतालमा आउने सेवाग्राहीमध्ये अधिकांश बाहिरैबाट औषधी खाएर अवस्था जटिल भएपछि आउने गरेका छन् । 
 

Back to top