×

इलाम । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ ।

निर्वाचन आयोगका अनुसार अब इलाम नगरपालिकाभित्रका ११ मध्ये ९ वडाको मत गणना गर्न बाँकी छ ।

योसँगै नेकपा (एमाले) जितनजिक पुगेको छ । प्राप्त तथ्याङ्क अनुसार एमालेका सुहाङ नेम्वाङले २१ हजार ३८० मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बर खड्काले १४ हजार ७५२ मत पाएका छन् । 

उनीहरूबिचको मतान्तर ६ हजार ६२८ रहेको छ ।

पहिचानवादी तर्फबाट स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले १० हजार १४७ मत पाएका छन् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिलन लिम्बूले तीन हजार ६०९ मत पाएका छन् । 

अहिलेसम्म ५२ हजार २७३ मत गणना भएको छ । जसमा ६७८ मत बदर हुँदा ५१ हजार ५९५ सदर भएको छ ।

Back to top