×

वीरगञ्ज। उपकार सेवा नेपालको सहयोगमा पर्साको पोखरिया नगरपालिका–४, सतवरियास्थित श्री नेपाल राष्ट्रिय कन्या माध्यमिक विद्यालयलाई ५ थान पंखा हस्तान्तरण गरिएको छ।

शनिबार आयोजित एक कार्यक्रममा उपकार सेवा नेपालकी अध्यक्ष विद्या कुमारी सरावगी, संस्थाकी संरक्षक पद्मा देवी सरावगी तथा समाजसेवी सुमन बगाडियाले विद्यालयका प्रधानाध्यापक शंकर प्रसाद रौनियारलाई पंखा हस्तान्तरण गरेका हुन्।

कार्यक्रमका समन्वयकर्ता नेजामुद्दीन शमानीका अनुसार गर्मी मौसममा विद्यार्थीहरूले सहज, शीतल र अनुकूल वातावरणमा अध्ययन गर्न सकून् भन्ने उद्देश्यले विद्यालयलाई पंखा उपलब्ध गराइएको हो।

कार्यक्रममा स्थानीय समाजसेवी, शिक्षाप्रेमी तथा अन्य सरोकारवालाहरूको समेत सहभागिता रहेको थियो।

पंखा ग्रहण गर्दै विद्यालय प्रशासनले उपकार सेवा नेपाल तथा सहयोग उपलब्ध गराउन सहयोग पुर्‍याउने सम्पूर्ण व्यक्तिप्रति आभार व्यक्त गरेको छ। विद्यालयले यस्ता सामाजिक तथा शैक्षिक सहयोगले शिक्षण–सिकाइको वातावरण थप प्रभावकारी बनाउन महत्त्वपूर्ण योगदान पुग्ने विश्वाससमेत व्यक्त गरेको छ।

Back to top