वीरगञ्ज । जेन-जी आन्दोलनका क्रममा लागुऔषध मुद्दामा दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पर्साको ठोरी गाउँपालिका–४ निवासी करिब २४ वर्षीय निकेश श्रेष्ठ रहेका छन्। उनी लागुऔषध मुद्दामा अदालतबाट २ वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना सजाय तोकिएपछि फरार रहेका थिए।
प्रहरीका अनुसार निकेश नख्खु कारागार कार्यालय, काठमाडौंबाट समेत फरार अवस्थामा रहेका थिए। इलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरी टोलीले उनलाई आफ्नै घरमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको हो।
पक्राउ परेका श्रेष्ठलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित कारागार कार्यालयमा पठाउने कार्य भइरहेको प्रहरीले जनाएको छ।
प्रहरी नायब उपरीक्षक तथा जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता चक्रबहादुर मल्ल ले उक्त जानकारी सार्वजनिक गरेका हुन्।