×

एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।

बारा, बाराको कोल्हबी नगरपालिका–८ मिलनचोकमा वेल्डिङ गर्ने क्रममा करेन्ट लागेर एक जना कामदार घाइते भएका छन्।

कोल्हबी नगरपालिका–८ स्थित बिश्वेश्वर प्रसाद कोइरालाको घरमा वेल्डिङको काम गरिरहेका स्थानीय नयाँबस्ती टोल निवासी अन्सारुल हकका ३२ वर्षीय छोरा नवसाद आलम करेन्ट लागेर घाइते भएका हुन्।

प्रहरीका अनुसार वेल्डिङको कामका क्रममा फलामको पाइप उठाउँदा नजिकै रहेको ११ हजार भोल्ट क्षमताको विद्युत् प्रसारण लाइनमा पाइप छोइएपछि करेन्ट लागेको थियो।

घाइते आलमलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल, कलैया लगिएको छ। अस्पतालका अनुसार उनको स्वास्थ्य अवस्था मध्यम रहेको छ।

घटनाको जानकारी अस्पतालमा कार्यरत प्रहरी कर्मचारीमार्फत बिहान करिब १०ः५० बजे प्रहरी चौकी मधुवनमा प्राप्त भएपछि प्रहरी सहायक निरीक्षक विसम्बर नाथ मिश्रको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

Back to top