×

वीरगञ्ज । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव देखिएको छ । गत शुक्रवारको तुलनामा सुनको मूल्य बढ्दा चाँदीको मूल्य भने घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८८ हजार रुपैयाँ कायम भएको छ । आजको मूल्य गत शुक्रवारको तुलनामा प्रतितोला ६०० रुपैयाँले बढी हो । शुक्रवार छापावाल सुन प्रतितोला दुई लाख ८७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्यमा गिरावट आएको छ । आज चाँदी प्रतितोला चार हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको छ जुन अघिल्लो कारोबार दिनको मूल्यभन्दा ३५ रुपैयाँले कम हो । गत शुक्रवार चाँदी प्रतितोला चार हजार ५१० रुपैयाँ कायम भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रतिऔँस चार हजार १४५ अमेरिकी डलर र चाँदी प्रतिऔँस ६० अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै स्थानीय बजारमा पनि मूल्यमा उतारचढाव देखिएको व्यवसायीहरूले बताएका छन् ।

Back to top