×

एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।

बारा । बाराको पचरौता नगरपालिका–८ बाझोपट्टीस्थित माई मन्दिरमा ग्रिल जडान गर्ने क्रममा करेन्ट लागेर एक कामदार घाइते भएका छन्।

प्रहरीका अनुसार मन्दिरमा ग्रिल जडान गर्ने काम गरिरहेका सिम्रौनगढ नगरपालिका–३ नयकाटोल निवासी ३८ वर्षीय रामलाल पटेलको टाउकोमा ११ हजार भोल्ट क्षमताको विद्युत् प्रसारण लाइनको तार छोएपछि करेन्ट लागेको हो।

करेन्ट लागेर घाइते भएका पटेललाई तत्काल प्रादेशिक अस्पताल कलैयामा पुर्‍याई प्राथमिक उपचार गरिएको थियो। स्वास्थ्य अवस्था थप उपचार आवश्यक देखिएपछि उनलाई वीरगञ्जस्थित अस्पतालमा रिफर गरिएको प्रहरीले जनाएको छ। हाल उनको अवस्था मध्यम रहेको र परिवारका सदस्यको उपस्थितिमा उपचार भइरहेको जनाइएको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट लंगडाचौकबाट प्रहरी सहायक निरीक्षक थिरबहादुर बस्नेतको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो।

प्रहरीले घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ। साथै, उच्च भोल्टेज विद्युत् प्रसारण लाइन नजिक निर्माण तथा जडानसम्बन्धी कार्य गर्दा आवश्यक सुरक्षा मापदण्ड अपनाउन सम्बन्धित पक्षलाई सचेत रहन आग्रह गरिएको छ।

Back to top