×

वीरगञ्ज । पर्साको छिपहरमाई गाउँपालिका–२ मिर्जापुरस्थित नहरको झाडीमा लुकाएर राखिएको ठूलो परिमाणको लागूऔषध गाँजा प्रहरीले बरामद गरेको छ।

विशेष सूचनाको आधारमा बुधबार राति ईलाका प्रहरी कार्यालय पोखरिया र प्रहरी चौकी मिर्जापुरबाट खटिएको संयुक्त प्रहरी टोलीले नहरको झाडीभित्र लुकाइछिपाइ राखिएको अवस्थामा २५ वटा पोकामा रहेको ३ सय ७० किलोग्राम गाँजा बरामद गरेको हो।

प्रहरीका अनुसार बरामद गरिएको गाँजा नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।

उक्त गाँजा कसले र कुन उद्देश्यले नहरको झाडीमा लुकाएर राखेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

प्रहरीले लागूऔषध ओसारपसार तथा कारोबारमा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको जनाएको छ।

Back to top