वीरगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) युवराज कटवालको बिदाइ तथा नयाँ प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) दीपेन्द्र श्रेष्ठको स्वागत कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको मिति २०८३ जेठ २७ गतेको निर्णयअनुसार जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साबाट सरुवा भई अपराध अनुसन्धान विद्यालय प्रशासन शाखा महाराजगञ्ज काठमाडौँ जान लागेका इन्स्पेक्टर युवराज कटवालको सम्मानसहित बिदाइ गरिएको हो ।
यसैगरी काठमाडौँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीबाट सरुवा भई जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्न आएका इन्स्पेक्टर दीपेन्द्र श्रेष्ठलाई स्वागत गरिएको थियो ।
कार्यक्रममा ट्राफिक प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरूले कटवालको कार्यकालको प्रशंसा गर्दै आगामी कार्यजीवनको सफलताको शुभकामना व्यक्त गरेका थिए । साथै नवआगन्तुक कार्यालय प्रमुख श्रेष्ठलाई सफल कार्यकालको शुभकामना दिँदै ट्राफिक व्यवस्थापन तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
बिदाइ तथा स्वागत कार्यक्रममा ट्राफिक प्रहरी कार्यालयका प्रहरी अधिकृत, कर्मचारी तथा सरोकारवाला व्यक्तिहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा कटवाललाई मायाको चिनो प्रदान गर्दै सम्मान गरिएको थियो भने श्रेष्ठलाई खादा तथा पुष्प गुच्छासहित स्वागत गरिएको थियो ।