×

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–६ निवासी ७४ वर्षीय पशुपतिनाथ केडियाको निधनपछि उनको अन्तिम इच्छाअनुसार नेत्रदान (आँखा दान) सम्पन्न गरिएको छ। मृत्युपश्चात् पनि अरूको जीवनमा उज्यालो भर्न सकिने प्रेरणादायी सन्देशसहित सम्पन्न गरिएको यस मानवीय कार्यको विभिन्न क्षेत्रबाट प्रशंसा गरिएको छ।

परिवारका अनुसार स्वर्गीय केडियाले जीवनकालमै नेत्रदान गर्ने इच्छा व्यक्त गरेका थिए। उनको निधनपछि परिवारजनले उक्त इच्छाको सम्मान गर्दै नेत्रदानको प्रक्रिया पूरा गरेका हुन्।

नेत्रदानजस्ता कार्यले समाजमा अङ्गदान तथा नेत्रदानप्रति सकारात्मक चेतना फैलाउनुका साथै मानव सेवाको भावनालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।

नेत्रदानको प्राविधिक प्रक्रिया सफलतापूर्वक सम्पन्न गराउन केडिया आँखा अस्पतालका प्राविधिक टोली सदस्य हरिकान्त साह र अनु सर्राफले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

स्थानीय समाजसेवी तथा शुभेच्छुकहरूले स्वर्गीय केडियाको यो निर्णयलाई अनुकरणीय र प्रेरणादायी उदाहरणका रूपमा उल्लेख गर्दै यस्ता कार्यले समाजमा मानवता, सेवा र परोपकारको भावना विस्तार गर्न महत्वपूर्ण योगदान पुग्ने बताएका छन्।

Back to top