×

फाईल फोटो

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिका–३ बडनिहार बिरुवागुठीस्थित दिलमाया तामाङले सञ्चालन गर्दै आएकी गैरे कटेज खाजा पसलमा जुवातास खेलिरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेर पाँच जनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक समुन्नत अधिकारीको टोलीले प्राप्त विशेष सूचनाको आधारमा गई उनीहरूलाई पक्राउ गरेको जनाएको छ।

पक्राउ पर्नेहरू वीरेन्द्र साह, पर्सागढी–३, सुरेन्द्र चौधरी, पर्सागढी–४, दिलमाया तामाङ, होटल सञ्चालक, पर्सागढी–३, शीशिर तामाङ, पर्सागढी–३, अरविन्द गौरो, वीरगञ्ज महानगरपालिका–३१ पक्राउ परेकाहरूको साथबाट तीन सेट तास तथा नगद रु १५ हजार ५५ बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरूविरुद्ध सार्वजनिक शान्ति विरुद्धको कसूर अन्तर्गत दफा १२५ (जुवा खेल्न नहुने) अनुसार आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ।

Back to top