×

वीरगञ्ज । पर्साको जिराभवानी गाउँपालिका–१ पिपरा टोलमा कुटपिटबाट एक वृद्ध महिलाको मृत्यु भएको छ।

प्रहरीका अनुसार ५५ वर्षीया सायदा श्रीवास्तव को आफ्नै बुहारीको कुटपिटबाट आइतबार दिउँसो मृत्यु भएको हो।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मृतककी बुहारी २६ वर्षीया पिंकी देवी र उनका आफन्त १६ वर्षीया गायत्री कुमारी लाई नियन्त्रणमा लिएको छ। उनीहरूलाई इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली ले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक समुन्नत अधिकारी ले जानकारी दिएका छन्।

स्थानीयका अनुसार मृतक र उनकी बुहारीबीच लामो समयदेखि पारिवारिक विवाद हुँदै आएको थियो। सोही विवादका कारण घटना भएको प्रारम्भिक अनुमान गरिएको छ।

मृतकको शव पोस्टमार्टमका लागि नारायणी अस्पताल पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्सा ले जनाएको छ।

Back to top