×

वीरगञ्ज । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले हकप्रद शेयर निष्काशन प्रयोजनार्थ शेयर दाखिल खारेज बन्द (बूक क्लोज) मिति तय गरेको छ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १००ः१० को अनुपातमा १०० रुपैयाँ अंकित मूल्यका कुल २३ लाख १० हजार कित्ता साधारण शेयर साविक शेयरधनीहरूलाई हकप्रद मार्फत निष्काशन तथा बिक्री प्रयोजनका लागि फागुन १७ गते एक दिन बूक क्लोज गर्ने निर्णय गरेको हो।

बूक क्लोजको आधारमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा फागुन १४ गतेसम्म कारोबार भई शेयर खरीद गर्ने शेयरधनीहरूले मात्र यस कम्पनीले निकट भविष्यमा निष्काशन गर्ने हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्।

साथै नेप्सेमा कारोबार भई धितोपत्र व्यवसायी (दलाल) को पुल खातामा रहेको शेयरका आधारमा शेयरधनी कायम नहुने भएकोले वैधानिक मितिभित्र शेयरधनीको खातामा शेयर जम्मा गर्न समेत धितोपत्र व्यवसायीलाई कम्पनीले आग्रह गरेको छ। कम्पनीले हकप्रद निष्काशनको मिति भए तय गरिसकेको छैन।

Back to top