×

डाभिड नेरेसको दुई गोलको मद्दतमा नापोलीले बोलोग्नालाई २–० ले हराउँदै इटालियन सुपरकप जितेको छ।

साउदी अरेबियाको रियादमा भएको फाइनलमा ब्राजिली विन्गर नेरेसले ३औं मिनेटमा पहिलो गोल गरे। त्यसपछि ५७ औं मिनेटमा उनले दोस्रो गोल थपे । नेरेसले एसी मिलानविरुद्ध सेमिफाइनलमा प्राप्त जितमा पनि गोल गरेका थिए।

इटालियन लिग च्याम्पियन रहेको नेपोलीले इटालियन सुपरकप जितेको भने यो तेस्रो पल्ट हो। यसअघि उसले यो उपाधि सन् १९९० र २०१४ मा जितेको थियो।

Back to top