×

क्रिकेट संघ नेपाल (क्यान) र विश्व क्रिकेटको सर्वोच्च संस्था मेरीलेबोन क्रिकेट क्लव (एमसीसी) ले नेपाल प्रिमियर लिग (एनपीएल) मा नयाँ इतिहास रच्दै ‘स्पिरिट अफ क्रिकेट अवार्ड’ सुरु गर्ने घोषणा गरेका छन्। 

यो अवार्ड प्रत्येक संस्करणमा खेलको साँचो मर्म—निष्पक्षता, आत्मसम्मान, प्रतिद्वन्द्वीप्रति आदर र उत्कृष्ट खेलभावना कायम गर्ने फ्रेन्चाइज टिमलाई प्रदान गरिनेछ।

काठमाडौंमा आयोजित विशेष कार्यक्रममा क्यानका सचिव तथा पूर्वकप्तान पारस खड्का र एमसीसीका क्रिकेट तथा अपरेसन्स डाइरेक्टर रोब लिन्चले संयुक्त रूपमा यो अवार्डको औपचारिक घोषणा गरे।

यो अवार्ड एमसीसीले विश्वभर क्रिकेटको उच्च मूल्य–मान्यता प्रवर्द्धन गर्न बनाएको ‘स्पिरिट अफ क्रिकेट’ अभियानको एउटा हिस्सा हो।  

Back to top