लन्डन : इङ्ग्लिस प्रिमियर लिगमा आर्सनलले शनिबार नटिङघम फरेस्टलाई ३–० गोलले पराजित गरेको छ।
आर्सनलको गृह मैदानमा भएको खेलमा घरेलु टिमका लागि माटिर्न जुबिमेन्दीले दुई तथा भिक्टर ग्योकरेसले एक गोल गर्नुभयो । जुबिमेन्दी र ग्योकरेस दुवै यस सत्रमा आर्सनलमा भित्रिएका खेलाडी हुन्।
खेलको ३१ औँ मिनेटमा स्पेनी खेलाडी जुबिमेन्दीले कर्नरमा प्राप्त बललाई शानदार भली प्रहारमार्फत गोल गरे। आर्सनलका लागि उहाँको यो पहिलो गोल हो। त्यसपछि ७९ औँ मिनेटमा उनले लियानार्डो ट्रोसार्डको व्रmसमा हेड गोलमार्फत गोल गरेर आर्सनलको जित पक्का गरे।
यसअघि उत्तरार्धको पहिलो मिनेटमै इबिरेची इजीको पासमा ग्योकरेसले गोल गरी आर्सनलको अग्रता दोब्बर पारेका थिए।
आर्सनलले जितसँग चार खेलमध्ये तीन जित र एक हारसहित नौ अङ्क बनाएको छ। नटिङघम फरेस्ट एक जित, एक बराबरी र दुई हारमा खेलेर चार अङ्कमा छ।
गएराति नै भएका अन्य खेलमा बर्नमाउथले ब्राइटनलाई २–१ गोलले हरायो। यस्तै टोटनह्यामले वेष्टह्यामलाई ३–० ले हराउँदा चेल्सी र सन्डरल्याण्डले गोलरहीत बराबरी खेले।