फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले युरोपको स्वतन्त्रता संकटमा परेको बताएका छन्। रक्षा खर्चमा ठूलो वृद्धिको योजना घोषणा गर्दै म्याक्रोँले युरोपको स्वतन्त्रता दोस्रो विश्वयुद्ध यताकै ठूलो संकटमा परेको बताएका हुन्।
पेरिसमा सैन्य अधिकारीलाई सम्बोधन गर्दै उनले भने ‘हामी एक महत्त्वपूर्ण मोडमा छौँ र जटिल भू-राजनीतिक परिस्थितिको कारण युरोपको सुरक्षा चुनौतीपूर्ण बनिरहेको छ ।’ उहाँले आगामी वर्षमा फ्रान्सको रक्षा बजेटमा ३.५ अर्ब यूरोको वृद्धि र २०२७ सम्म थप ३ अर्ब युरो वृद्धि गर्नुपने बताए।
म्याक्रोँले २०२७ सम्म फ्रान्सको रक्षा बजेट दोब्बर गर्ने प्रतिबद्धता जनाए। म्याक्रोनले रूसबाट उत्पन्न खतरा, साम्राज्यवादी नीति तथा विस्तारवादी शक्तिविरुद्ध संगठित हुन आह्वान गरे।