×

पाकिस्तानको उत्तरी वजिरिस्तान खैबर पख्तुन्ख्वा प्रान्तमा एक आत्मघाती आक्रमणमा १३ सैनिकको मृत्यु भएको छ। 

उग्रवादीले मीर अलीमा सुरक्षा बलको समूहमाथि आत्मघाती आक्रमणको प्रयास गरेको पाकिस्तानी सेनाको इन्टर–सर्भिसेज पब्लिक रिलेसन्स (आईएसपीआर) जनाएको छ।

उग्रवादीले विस्फोटक पदार्थले भरिएको गाडीमार्फत निसाना बनाएका थिए।  उक्त सवारीसाधन सुरक्षा बलको गाडीसँग ठोक्किएपछि १३ सैनिकको मृत्यु भएको जनाइएको छ।

घटनापछि सुरक्षाकर्मीले उग्रवादीलाईलाई पछ्याएका थिए। त्यसपछि सैनिकसँगको भिडन्तमा १४ उग्रवादी मारिएको रेडियो पाकिस्तानले जनाएको छ। 

खैबर पख्तुन्ख्वाकाका मुख्यमन्त्रीद्वारा जारी एक वक्तव्यमा सुरक्षाकर्मीका परिवारप्रति सहानुभूति व्यक्त गरिएको छ। 

Back to top