×

सुरक्षा जोखिम बढेको भन्दै अमेरिकाले इराकको राजधानी बग्दादस्थित दूतावासका कर्मचारीलाई सुरक्षित स्थलतर्फ सार्न सुरु गरेको छ। 

पछिल्लो समय इरानसँगको द्वन्द्व बढ्दै गएपछि अमेरिकाले दूतावासका आवसीय कर्मचार र तीनका आश्रित परिवारलाई त्यहाँबाट सुरक्षित स्थलबाट निकाल्न लागेको हो। सीबीएस समाचारका अनुसार इजरायलले इरानमा सैन्य कारबाही शुरू गर्न सक्ने संकेत दिएको सूचना पाएपछि अमेरिका सचेत बनेको हो। 

अमेरिकाले इजरायलको यस्तो कारबाहीपछि इरानले इराकस्थित अमेरिकी नियोगकहरुमा आक्रमण गर्न सक्ने अमेरिकी आशंका छ।  

यसैबीच, इरानको आणविक कार्यक्रमबारे चलिरहेको वार्ता विथोलिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आणविक हतियार विकास गर्न नदिने अडान दोहोर्‍याउँदै नागरिकहरूलाई मध्यपूर्व छाड्न सल्लाह दिएका छन्। 

इरानी रक्षा मन्त्रीले पनि अमेरिका आक्रमणमा उत्रिएमा प्रतिक्रिया दिने चेतावनी दिएका छन्। साथै, अमेरिकी रक्षा विभागले कुवेत र बहराइन लगायतका देशहरूबाट पनि सैनिक परिवारजनको स्वेच्छिक प्रस्थान स्वीकृत गरेको छ। 

Back to top