×

वीरगञ्ज । नेपालका लागि महिन्द्रा युटिलिटी सवारीसाधनको आधिकारिक वितरक *अग्नि इन्करपोरेटेड प्रा.लि.*ले व्यावसायिक सवारी बजारमा नयाँ स्तरको पिक-अप गाडी महिन्द्रा बोलेरो पिक-अप फ्ल्याटबेड 1.7T सार्वजनिक गरेको छ।

गाडी जेठ ११ गते, आइतबार वीरगञ्जस्थित महिन्द्राको शोरूममा आयोजित विशेष समारोहबीच सार्वजनिक गरिएको हो। सार्वजनिक कार्यक्रममा प्रमुख अतिथि पर्सा उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम, अग्नि ग्रुपका वरिष्ठ प्रतिनिधि, मिडिया क्षेत्रका व्यक्ति र ग्राहकहरूको उल्लेखनीय उपस्थिति थियो।

नयाँ बोलेरो पिक-अप 1.7T मा २.५ लिटर क्षमताको एमटु-डिआइ-सिआर डिजेल इन्जिन जडान गरिएको छ, जसले ६३ बिएचपी पावर र १९५ न्यूटन मिटर टर्क उत्पादन गर्न सक्ने क्षमता राख्छ। ९ फिट लामो कार्गो बेड, डबल बेयरिङ एक्जिल र ९ पाताको स्प्रिङ सस्पेन्सनसहित यस गाडीले भारी भार वहनमा समेत स्थिर र सन्तुलित प्रदर्शन दिनेछ।

गाडीको इन्क्टेरियर डिजाइनमा समेत विशेष ध्यान दिइएको छ। फराकिलो को-ड्राइभर सिट, रिक्लाइनर सिट र हेडरेस्ट जस्ता विशेषताले चालक र यात्रु दुबैका लागि आरामदायी यात्रा सुनिश्चित गर्ने कम्पनीको दाबी छ। साथै, उन्नत माइलेजका कारण इन्धन खपतमा समेत बचत हुने अपेक्षा गरिएको छ।

महिन्द्रा बोलेरो पिक-अप 1.7T को प्रारम्भिक मूल्य रु. २५,६५,००० निर्धारण गरिएको छ। अग्नि हायर पर्चेज मार्फत ७०% सम्म फाइनान्स सुविधा, ९.९९% ब्याजदर, शून्य प्रोसेसिङ शुल्क, छिटो कर्जा स्वीकृति तथा सरल कागजात प्रक्रिया उपलब्ध गराइएको छ।

पुराना गाडी साट्ने ग्राहकहरूका लागि *अग्नि आस्था प्रा.लि.*मार्फत सहज र लाभदायक एक्सचेन्ज सुविधा पनि प्रदान गरिनेछ।

महिन्द्राको बोलेरो पिक-अप विगत केही वर्षदेखि नेपालमा सबैभन्दा बढी बिक्री हुने व्यावसायिक गाडीको रूपमा परिचित छ। यसको भरपर्दो बनावट, भारवहन क्षमताको उत्कृष्टता र सेवा सञ्जालका कारण व्यवसायिक ग्राहकहरूमा लोकप्रियता कायम राख्न सफल भएको छ।

Back to top