×

थाइल्याण्डमा जारी आइसीसी महिला टी–२० विश्वकपको एशिया छनोट अन्तर्गत नेपालले आज  हङकङ चाइनाविरुद्ध खेल्दैछ।

नेपाली समय अनुसार यी दुई टोलीबीचको खेल थाइल्याण्डको एशियन इन्टिच्युट अफ टेक्नोलोजी ग्राउन्डमा  बिहान सवा १२ बजेदेखि सुरु हुनेछ।

जारी प्रतियोगिताको पहिलो खेल हङकङ चाइनाविरुद्ध वर्षाले रद्द भएपछि अंक बाँडेको नेपालले दोस्रो खेलमा बहराइनलाई पराजित गरेको थियो।

नेपालले अर्को खेल मे १५ मा बहराइनसँग खेल्ने तालिका रहेको छ। कुल ९ देशको सहभागिता रहेको नेपाल नेपाल समूह सी मा रहेको छ। 

नेपालको समूहमा बहराइन र हङकङ रहेका छन्। एशिया छनोटको समुह ए मा भुटान कुवेत र थाइल्याण्ड रहेका छन् भने समुह बी मा मलेसिया, कतार युएई रहेका छन्।

समूहमा हरेक टिमले एक अर्काविरुद्ध २–२ खेल खेलेपछि समूह विजेता ३ देशले फाइनल राउण्ड खेल्ने छन्। 

फाइनल राउण्डमा एक अर्काविरुद्ध खेलेपछि शीर्ष दुई देश विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट हुनेछन्।

Back to top