×

इङ्लिस प्रिमियर लिग  च्याम्पियन लिभरपुलले १० खेलाडीमा समेटिएको आर्सनलसँग २–२ गोलको बराबरी खेलेको छ।

एनफिल्डमा गएराति भएको खेलमा लिभरपुलले २ मिनेटभित्र २ गोल गरेको थियो। तर, आर्सनल खेलमा फर्कियो। दुई साताअघि नै प्रिमियर लिग उपाधि सुरक्षित गरिसकेको लिभरपुलका लागि २०औं मिनेटमा एन्डी रोबर्टसनको क्रसमा कोडी गाक्पोले गोल गर्दै अग्रता दिलाएपछि घरेलु मैदानमा थप खुसियाली छायो। २१औं मिनेटमा लुइस डियासले गोल थपे।

पहिलो हाफमा लिभरपुल २–० को अग्रतामा रह्यो। ४७औं मिनेटमा आर्सनलका गाब्रिएल मार्टिनेलीले गोल गरे। ७०औं मिनेटमा माइकल मेरिनोले गोल गरेपछि खेल २–२ को बराबरीमा सकिएको हो।

७९औं मनेटमा मेरिनो दोहोरो पंहेलो कार्ड पाउँदै मैदान बाहिरिएका थिए। बराबरीपछि लिभरपुलले तालिकामा १५ अंकको अग्रता बनाएको छ । शीर्ष स्थानमा रहेको लिभरपुलको ३६ खेलबाट ८३ अंक छ। दोस्रो स्थानको आर्सनलको ६८ अंक छ। 

अझै पनि आर्सनललाई अर्को सिजनको च्याम्पियन्स लिगका लागि छनौट हुन आफ्नो खेल जिते पर्याप्त हुनेछ।

प्रिमियर लिगको अर्को खेलमा न्युक्यासलले दश खेलाडीमा झरेको चेल्सीलाई २–० गोलले हरायो। यो नतिजापछि न्युक्यासलको च्याम्पियन्स लिग छनौट सम्भावना बढेको छ। तेस्रो स्थानमा रहेको न्युक्यासलको ६६ अंक छ। पाँचौ स्थानको चेल्सीको ६३ अंक छ।

गए राति नै भएको खेलमा वेस्टह्यामले म्यानेस्टर युनाइटेडमाथि २–० गोलको जित हात पार्‍यो।

Back to top