×

वीरगञ्ज । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचारका क्रममा एक महिला बिरामीले असहज र अपमानजनक व्यवहार भोग्नु परेको भन्दै गुनासो सार्वजनिक गरेकी छन् ।

महिलासंग भएको घटनाबारे बनाईएको यो भिडियो हेर्न यहा किलिक गर्नुस्

कान, नाक तथा घाँटी विभागमा घाँटीमा खसखसाउने समस्याका कारण चेकजाँच गराउन गएकी महिला बिरामीलाई डाक्टरको सल्लाह अनुसार डायग्नोस्टिक नेजल एन्डोस्कोपी (वान) परीक्षणका लागि शल्यक्रिया कक्षमा लगिएको थियो ।

यद्यपि परीक्षणका क्रममा उनलाई दिइएको लुगा र व्यवहारप्रति महिला बिरामीले आपत्ति जनाएकी हुन् ।

उनका अनुसार, अस्पतालको मूल परीक्षण उपकरण बिग्रिएको भन्दै उनलाई अर्को कक्षमा परीक्षण गर्न भनिएको थियो । जहाँ पूर्ण कपडा फुकालेर उनलाई सानो कपडा “सर्ट ड्रेस” मात्र लगाउन बाध्य बनाइएको थियो । बिरामीले सो क्रममा पूर्ण शरीर ढाकिने कपडा माग गर्दा पनि अस्पतालका कर्मचारीहरूले त्यो व्यवस्था नभएको भन्दै अटेरी व्यवहार गरेका थिए ।

बिरामीको भनाइ अनुसार, उनले आफ्नो मर्यादा र गोपनीयता कायम राख्न आग्रह गर्दा पनि अस्पताल पक्षले उपेक्षा गरेको र उपचारको साटो अपमानजनक व्यवहार देखाएको छ ।

उनले नेपालको संविधानको धारा २८ (गोपनीयताको हक), धारा ३५ (स्वास्थ्यसम्बन्धी हक), र धारा ३८ (महिलाको हक) उल्लङ्घन भएको उल्लेख गर्दै यो घटना कुनै पनि बिरामीको मौलिक हकको हनन हो भन्ने गुनासो दर्ता गराएकी छन् ।

बिरामीले घटनाको लिखित जानकारी दिँदै यस्तो व्यवहार पुनः अन्य बिरामीहरूसँग नहोस् भनेर अस्पताल प्रशासनले उचित कदम चाल्नुपर्ने माग गरेकी छिन् । यस विषयमा अस्पताल प्रशासनको धारणा भने आउन बाँकी छ ।

Back to top