×

वीरगञ्ज । रौतहटको गौर राइस मिल क्षेत्रको जग्गा अधिग्रहणको प्रक्रियालाई तिव्रता दिने मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले प्रतिबद्धता जनाएका छन् ।

बुधवार एक प्रेस विज्ञप्ती जारी गर्दै मुख्यमन्त्री सिंहले गौर राइस मिल क्षेत्रको ठूलो भूभाग गुम्न लागेको विषयप्रति गम्भिर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् । उनले कानुनी जटिलता, स्रोत व्यवस्थापन र संरक्षणका ठोस प्रयास नहुँदा संकटमा परेको राइस मिलको संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् । 

प्रदेश सरकार स्तरबाट जग्गा अधिग्रहण गर्न सकिने भए त्यस विषयमा विद्यमान कानुनी प्रावधानबारे तत्काल विस्तृत अध्ययन गर्न मुख्यन्याधिवक्ता सुरेन्द्र महतोलाई पनि उनले निर्देशन दिएका छन् ।

जुनसुकै उपाय अबलम्बन गरेर भएपनि गौरबासीको भावना तथा प्रतिष्ठासँग जोडिएको गौर राइस मिलको जग्गा अधिग्रहण गरिने दृढता व्यक्त गर्दै मुख्यमन्त्री सिंहले जग्गाको मुआब्जा दिने प्रयोजनले स्रोत सुनिश्चित गर्न प्रदेश सरकारले आवश्यक प्रक्रिया तत्काल थाल्ने प्रेस विज्ञप्तीमा उल्लेख गरेका छन् । 
May be an image of text

Back to top