विस्कन्सिन । अमेरिकाको विस्कन्सिनस्थित एक निजी क्रिश्चियन विद्यालयमा गोली चलेको छ ।
सोमबार १७ वर्षीय एक किशोरीले गोली चलाउँदा शिक्षकसहित दुई जनाको मृत्यु भएको बताइएको छ । यद्यपि अधिकारीहरूले आक्रमणकारीको पनि मृत्यु भएको जानकारी दिएका छन् ।
अधिकारीहरू आई पुग्दासम्म आक्रमणकारीको पनि मृत्यु भइसकेको प्रहरीले जनाएको छ । घटना एबन्डेन्ट लाइफ क्रिश्चियन स्कुलमा भएको हो । म्याडिसनका प्रहरी प्रमुख शान बार्नेसले आक्रमणकारीले विद्यालयमा किन गोली चलाएको भन्ने अहिले नै स्पष्ट नभएको बताए ।
यस विद्यालयमा करिब ३ सय विद्यार्थी अध्ययनरत छन् । यसअघि प्रहरीले पाँच जनाको मृत्यु भएको जानकारी दिएको थियो । बार्न्सले पत्रकारलाई भने, ‘आज म्याडिसनका लागि मात्र नभई हाम्रो सम्पूर्ण देशको लागि दिन हो। यो हाम्रो लागि दुखद दिन हो ।’
घटनामा घाइते भएका धेरैको उपचार पनि भइरहेको छ । आक्रमणकारीले आत्महत्या गरेको उनले बताए ।