×

मस्को । रुसले सामाजिक सञ्जालको सन्देश पठाउने एप भाइबर बन्द गरेको छ । आतङ्कवाद फैलाएको भन्दै रुसले यस्तो गरेको छ ।

आपराधिक सामाग्रीहरू बन्द गर्न गरिएको आग्रह अटेर गरेको भन्दै बन्द गरिएको रुसी विश्व च्यानल आरटीले लेखेको छ ।

१ करोड ७० लाख प्रयोगकर्ताहरू रुसमा भएको भाइबर बन्द गर्नुको कारण १८ लाख रुबल क्षतिपूर्ति तिर्नुको सजाय नमान्नु पनि एक कारण हो । रुसमा यस अगाडि नै एक्स, फेसबुक र इन्टाग्राम लगायतमा अमेरिकी एपहरू बन्द गरिएका छन् ।

२०२२ फेब्रुअरीमा भएको युक्रेन हमलापछि यिनीहरू बन्द गरिएका हुन् ।

Back to top