काबुल । अफगानिस्तानको राजधानी काबुलमा शक्तिशाली विस्फोट हुँदा तालिबानी मन्त्रीको मृत्यु भएको छ ।
विस्फोटमा तालिबानका प्रवास मन्त्री रहेका आन्तरिक मामिला मन्त्री सिराजुद्दीन हक्कानीका काका खलीलुर रहमान हक्कानीको मृत्यु भएको हो ।
अफगानिस्तानको टोलो न्युजले हक्कानी मारिएको पुष्टि गरेको छ ।
टोलो समाचार एजेन्सीका अनुसार तालिबानी सरकारका शरणार्थी तथा आप्रवासन मन्त्री हक्कानीको मन्त्रालयभित्रै भएको विस्फोटमा मृत्यु भएको हो ।
विस्फोटमा मन्त्री हक्कानीका केही समर्थक समेत मारिएका छन् ।