×

कुड्डालोर, मयिलाडुथुराई, र कराईकल क्षेत्रमा बुधबार केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना छ, साथै केही छुट्टाछुट्टै स्थानहरूमा अत्यन्त भारी वर्षा पनि हुनसक्छ ।

चेन्नई । भारतको तमिलनाडुमा भारी वर्षाको सम्भावनाका कारण धेरै जिल्लाहरूमा रेड अलर्ट जारी गरिएको छ ।  प्रशासनले चेन्नई र वरपरका जिल्लाहरूमा विद्यालयहरू बन्द गर्न आदेश दिएको छ ।

भारतीय मौसम पूर्वानुमान महाशाखाका अनुसार बङ्गालको खाडीको दक्षिण–पश्चिममा रहेको चापीय प्रणाली गहिरो भएकाले फेङ्गल नामको आँधी बन्ने सम्भावना रहेको छ ।

समाचार एजेन्सी एएनआईका अनुसार बुधवार यो दबाब उत्तर पश्चिमतर्फ सर्नेछ र चक्रवातको रूप लिन सक्छ ।

मौसम विभागका अनुसार तमिलनाडु र आसपासमा बिहीबारसम्म वर्षा जारी रहनेछ । अहिले चेन्नईमा लगातार पानी परिरहेको छ ।

बिबिसीका अनुसार प्रशासनले माछा मार्नेहरूलाई समुद्रमा जान प्रतिबन्ध लगाएको छ । कम्तीमा दुई जिल्लामा भारी वर्षाको लागि रेड अलर्ट जारी गरिएको छ ।

आगामी शुक्रवारसम्म वर्षा जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Back to top