×

इस्लामवाद । पाकिस्तान तहरीक–ए–इन्साफ (पिटिआई)ले आफ्ना मागहरू स्वीकार नभएसम्म इस्लामवादको डी चोकमा धर्ना जारी राख्ने घोषणा गरेको छ ।

पिटिआई समर्थकहरूको जमात इस्लामवादको रेड जोनस्थित डी चोकमा पुगेको छ । सो भीडसँगै खैबर पख्तुनख्वाका मुख्यमन्त्री पनि उपस्थित रहेका थिए । बुशरा बीबी र अली अमीन गण्डापुरले आफ्ना मागहरू स्वीकार नभएसम्म डी चोकमा धर्ना दिने घोषणा गरेको बताइएको छ ।

धर्नाको घोषणा हुनुअघि पीटीआईका समर्थकहरू इस्लामाबादको ब्लू एरिया पुगेका थिए । जहाँ प्रदर्शनकारीले बाग मैदानमा ‘खान तेरे जा निसार, बेशुमार, बेशुमार’ नारा लगाएका थिए ।

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई जेलबाट तुरुन्त रिहा गर्न र पछिल्लो चुनाव रद्द गर्न माग गर्दै खैबर पख्तुनख्वाबाट पिटिआई कार्यकर्ता र समर्थकहरू इस्लामवाद आएका छन् ।

Back to top